Japanese Japanese Vietnam
Call Us
Customer Support

जापानमा अपराधमा नेपालीको संलग्नता बढदो, एकसय पचास बढी प्रहरी हिरासतमा

सन २०१७ मा जापानमा रहेका नेपाली मध्ये टोकियो कान्ताे क्षेत्रमा मात्र करिव एकसय पचास जना विभिन्न सार्वजानिक अपराधमा संलग्न भएको आरोपमा प्रहरी हिरासतमा रहेको समाचार प्राप्त भएको छ।

 

पक्राउ परेकाहरु मध्ये अधिकासंलाई जेल चलान गरिएको बताईएको छ। जपानमा सामाजिक अपराधका घटना पनि गंभिर रुपमा लिईने भएकाले यस्ता कार्यमा संलग्नहरुलाई कानुन बमोजिम जेल चलान गरिएको हो।

टोकियो स्थित नेपाली राजदूतावास कार्यालय स्रोतका अनुसार नियमितजसो अध्यागमन कार्यालय र जापान प्रहरीसंगको अन्तक्रियामा यस्तो तथ्याङक खुलेको हो। गत वर्षकाे जनवरी देखी हालसम्मकाे तथ्याक‌का अाधारमा अघिल्लाे वर्षकाे तुलनामा झण्डै दाेब्बरकाे सख्यामा बृद्धि भएकाे हाे। नेपालीहरुको अपराधमा संलग्नता बढेको भन्दै जापान प्रहरीले दूतावास मार्फत नेपालीहरुमा सचेत समेत गराउदै आएको छ।

सामान तथा सार्इकल चोरी र झैझगडामा नेपाली धेरैजापान प्रहरीले दिएको जानकारी अुनसार यस वर्ष करिव दुई दर्जन नेपालीहरु चोरी आरोपमा पक्राउ परेका छन। यस्तै झैझगडा गरेको अवस्थामा उजुरीका आधारमा उत्ति नै सख्यामा नेपालीहरुलाई हिरासतमा राखेको तथ्याक बाहिर आएको छ।

टोकियोका अति व्यस्त क्षेत्र सहित चीवा, खानागावा, साइतामा लगायतका क्षेत्रमा जापानीहरुको सामान चोरी गरेको आरोपमा ती नेपालीहरुलाई पक्राउ गरि अधिकांसलाई चोरी मुद्धा समेत चलाएको प्रहरीले जनाएको छ।

यसैगरि साईकल चोरी गरेको, अर्काको एटिएम तथा पासबुक चोरी गरेको, ट्राफिक नियम उलंघन गरेको, जापानी महिलाहरुलार्इ यौन दूव्यवहार गरेको, अनुमति वेगर जापानीहरुको कोठा तथा घरमा प्रवेश गरेको लगायतका १५ अपराध शिर्षकमा नेपालीहरुको सलंग्नता पाईएको प्रहरीले जनाएको दूतावास स्रोतले नेपाल जापान डटकमलाई जानकारी दियो।

यसैबीच टोकियो स्थित नेपाली दूतावास कार्यालयका अनुसार जापानवासी नेपालीहरुमा जापानको कानुनले वर्जित गरेका कुनै पनि विषयमा गंभिर भएर सभ्यताको परिचय दिदै नेपालीहरुको छवीमा सुधार ल्याउन आग्रह गरेको छ। जापान जस्तो सम्पन्न मुलुकमा आएर पनि गंभिर प्रकृतिका अपराधका घटनामा नेपालीहरुको संलग्नता पाइएकाले नेपाल र नेपालीहरु कै प्रतिष्ठामा गंभिर असर पर्नेभएकाले सचेत रहन अपील गरेको छ।

Copyright:-http://www.nepaljapan.com

Member Registration
Registration Form

Member Login

Agent Locator

Country:*

News & Events

दुखद खबर - कारको ठक्करबाट जापानमा एक नेपालीको मृत्यु

... Read More

जापानमा शरणार्थी आवेदकले सोमबारबाट काम गर्न नपाउने

सोमबार (भोलि)देखि लागू हुने गरी जापान... Read More

Feedback / Message

Contact Details

Customer Support (JAPAN)
Office: + 81-80-3410-4278
Post Code: 169-0073
Omori Building 4F(AB), Hyakunincho 1-10-7,
Shinjuku-ku, Tokyo, Japan
Tel: 03-5475-3913, Fax: 03-5475-3914
E-mail: info@japanremit.com
URL: www.japanremit.com

Customer Support (NEPAL)
JME Remit Company Pvt. Ltd.
Sherpa Mall, Durbar Marg,
Kathmandu, Nepal
Phone No.: 4226465, 4226541
Phone/Fax: 4221533
E-mail: support@jme.com.np
URL: www.japanremit.com

© 2015 Japan Money Express Co. Ltd ジャパンマネーエクスプレス株式会社 | All Rights Reserved
Website Design by & CMS Web Development by Axil Creations