Japanese Japanese Vietnam
Call Us
Customer Support

जापानमा बैंक खाता कसरी खोल्ने ?

जापानका प्राय बैंकहरुमा विदेशीहरुका लागि व्यक्तिगत खाता खोल्ने लागि प्रक्रिया भने सजिलो छ तर आवश्यक फारमहरु जापानी भाषामा मात्र हुन्छन् । कतिपय बैंकहरुले ‘बेसिक लेभल’को कुराकानी गर्न नसक्नेहरुलाई खाता नखोलिदिन पनि सक्छन् भने कतिपय बैंकहरुमा जापान आएको ६ महिना नपुगेकाहरुले बैंक खाता खोल्न नपाउने नियम छ । जापानी भाषा राम्रोसंग लेख्न र बोल्न आउँदैन भने कोही साथी वा अग्रजको सहयोग लिनुपर्छ ।

आउनुस् चर्चा गरौं जापानमा रहेका बैंकमा गएर कसरी खाता खोल्ने भन्ने बारेमा । यो जानकारी सबै भिषामा रहनुहुनेहरुका लागि भएकाले आवश्यक प्रक्रियाहरु सबैलाई मिल्नेगरि प्रस्तुत गर्ने प्रयास गर्नेछौं ।

बैंक खाता खोल्न के–के चाहिन्छ ?

जापानमा विभिन्न प्रकारका बैंक खाताहरु हुन्छन् हामी साधारण बचत खाता (फुचुउ योकिन) खोल्नका लागि निम्न कुराहरु चाहिन्छ ।

१. रेसिडेन्स कार्ड (जाइर्यु कार्ड)
२. भिषा अवधि सहितको पासपोर्ट
३. तपाई बस्ने ठेगाना र फोन नंबर (ठेगाना जाइर्यु कार्डमा लेखिएको हुन्छ)
४. हान्को (सबै बैंकहरुमा नचाहिन पनि सक्छ, बनाउनुभएको छ भने लैजानुहोला ।)
५. डिपोजिट गर्नका लागि केही रकम

यि कुराहरु साथमा लिएर बैंकमा गएपछि रिसेप्सनमा नयाँ बैंक खाता खोल्नका लागि आएको भन्नुभयो भने केही फारमहरु पाउनुहुन्छ । फर्म भर्ने समयमा आफुलाई थाहा भएको जानकारीहरु लेखेर नजानेका कुरा रिसेप्सनमा सोध्नुभए पनि हुन्छ । बैंक खाताका लागि फारममा प्रयोग हुने केही शब्द र तिनको निम्न हुन :



१. おなまえ (ओनामाए) – तपाईको नाम
२. おところ (ओतोकोरो) – बस्ने ठेगाना
३. 電話番号 (देन्वा बान्गोउ) – मोवाइल नंम्बर
४. 生年月日または設立年月日 (सेइनेनगाप्पी माता वा सेचुरिचु नेनगाप्पी) : जन्म मिति अथवा स्थापना (कम्पनी भएको खण्डमा)
– आफ्नो जन्ममिति लेख्ने बेला प्रायगरि जापानी बर्षमा लेख्नुपर्ने हुन्छ जस्तै 明治 (मेइजी), 大正(ताइसो), 昭和 (सोवा), 平成(हेइसेइ) जुन तपाई जन्मेको साल लाई जापानी बर्षमा लेख्नुपर्ने हुन्छ । थाहा पाउनुभएन भने आफु जन्मेको बर्ष सन् मा भनेर रिसेप्सनमा सोध्नुभयो भने बताइदिन्छन् । जस्तै तपाई सन् १९९२ मा जन्मनुभएको हो भने तपाईको जन्म साल हेइसेइ ४ लेख्न सक्नुहुन्छ । त्यसपछि महिना र गते लेख्नुभए हुन्छ ।
५. 金額 (किन्गाकु ) – रकम
६. カードの種類 (कादो नो स्युरुइ)– कार्डको प्रकार
७. 口座種類 (कोउजा स्युरुइ)– खाताको प्रकार
८. 普通 (फुचुउ)– साधारण
९. 貯蓄 (चोचिकु)– बचत
१०. キャッシュサービス利用方法 (क्यासु साविसु रियो होहो)– क्यासिङ सर्भिस विधि
– पैसा कसरी झिक्ने–राख्ने भन्नेबारे छान्नुपर्ने हुन्छ, प्राय बैंकहरुमा 通帳とカード (पासबुक र कार्ड दुवै ) वा カードのみ (कार्ड मात्रै) भन्नेबाट छान्नुपर्ने हुन्छ । क्यासकार्ड र पासबुक दुवै लिनुभए सजिलो हुन्छ ।
११. 暗証番号必須取扱い (आन्स्योउबान्गोउ हिस्सु तोरिआचुकाइ)– बैंक ट्रान्जेक्सनका लागि पासवर्ड चाहिने नचाहिने छान्नुपर्ने हुन्छ । साधारणतया पासवर्ड राख्नु सुरक्षित हुन्छ राख्नका लागि 申し込む (मोसिकोमु) भन्नेमा टिक लगाउन सक्नुहुन्छ ।
१२. 性別 (सेइबेचु)– लिंग

माथि उल्लेख गरिएका बाहेक पनि अन्य धेरै जानकारीहरु तपाईले फारममा लेख्नुपर्ने हुन्छ । बुझ्नुभएन भने निर्धक्क सोध्नुहोला ।

कुन बैंकमा खाता खोल्ने ?

धेरैको मनमा यो प्रश्न हुनसक्छ कि कुन बैंकमा खाता खोल्दा राम्रो हुन्छ ? कुन बैंकको सुविधा राम्रो छ ? जापानका बैंकहरुमा खाता खोल्नका लागि एउटा विदेशी नागरिकसंग २ वटा विकल्पहरु हुन्छन् परम्परागत बैंक छान्ने वा विदेशी बैंक छान्ने । यदि तपाईसंग जापानी भाषाको राम्रो ज्ञान छैन भने विदेशी बैंक जुन बिदेशी नागरिक मैत्री हुन्छन् ति छान्नुपर्छ ।

मिजुहो बैंक

मिजुहो एकदमै परम्परागत बैंक मध्येमा पर्छ । यो बैंकमा खाता खोल्नका लागि जापानी भाषामा राम्रो दख्खल भएको हुनुपर्दछ अनि मात्र कारोवार गर्न सहज हुन्छ ।

युएफजे बैंक


युएफजे जापानको ठूलो र ग्लोबल बैंकिङ संस्था हो । यसमा खाता खोल्नका लागि पनि जापानी भाषा आवश्यक छ, विभिन्न ब्रान्चहरुमा अंग्रेजीमा कुराकानी गर्ने स्टाफहरु पनि हुन्छन् । खाता खोल्नका लागि हान्को अनिवार्य छ । पैसा झिक्न वा राख्न, पासबुक अपडेट गर्न, ब्यालेन्स चेक गर्न थप चाजै लाग्दैन । विदेशी विद्यार्थीहरुका माझमा समेत यो बैंक चर्चित मानिन्छ ।

एसएमविसीसिन्सेई र सेभेन बैंक



यदि तपाईको जापानी भाषाको दक्षता कम छ भने यि बैंक तपाईको रोजाइमा पर्नसक्छन् । यि बैंकलाई बिदेशी मैत्री मानिन्छ । यो बैंकमा खाता खोल्नका लागि हान्को र टेलिफोन नंम्बर अनिवार्य छैन साथै अनलाइन बैंकिङ सुविधा लिन पनि सजिलो छ । सिन्सेई बैंकले अंग्रेजी भाषामा पनि बैंक खाता खोल्ने फारम भर्ने सुविधा दिन्छ तपाई बस्ने वरपर सो बैंकको ब्रान्च छ भने त्यही गएर वा अनलाइनबाट घरमै फारम मगाएर भरेर पठाउन पनि सक्नुहुन्छ । सेभेन बैंकले पनि अंग्रेजीमा फारम भर्ने सुविधा दिन्छ घरमै फारम मगाएर वा अनलाईन फारम भरेर पनि बैंक खाता खोल्न सकिन्छ । अनलाइनबाट बैंक खाता कसरी खोल्ने भन्ने बारेको जानकारी हामी केही दिनमा लेख्नेछौं ।

जापान पोष्ट बैंक


यो प्रायगरि जापान आउने आधिकांश नेपालीहरुको प्रारम्भिक बैंक खाताको रुपमा प्रयोग हुन्छ । केही शाखाहरुमा अंग्रेजीमा बोल्ने कर्मचारीहरु पनि भेटिन सक्छन् नत्र यहाँ पनि जापानी भाषामा नै कुराकानी गर्नुपर्ने हुन्छ । दिनभर जुनसुकै समयमा पैसा राख्ने झिक्ने गरेपनि अतिरिक्त शुल्क लाग्दैन तर पछिल्लो समयमा भने महिनामा ३ पटकभन्दा बढि जेपी बैंकको एटिएमबाट जेपी बैंककै खातामा पैसा पठाउँदा भने १२३ येन अतिरिक्त शुल्क लाग्ने बनाएको छ ।

माथि उल्लेखित कुराहरुमा ध्यान दिनुभयो भने जापानमा बैंक खाता खोल्न त्यति गाह्रो पर्दैन । यस विषयमा केही थप जानकारी चाहानुहुन्छ भने हामीलाई म्यासेज गर्न पनि सक्नुहुनेछ । यो जानकारी उपयोगी लागेमा सेयर गरेर आफ्ना नजिकका साथीहरु जसलाई यि जानकारी आवश्यक हुनसक्छ वहाँसमक्ष पुर्याउन सहयोग गरिदिनुहोला न है ।

Copyright- https://www.nepaaru.com

Member Registration
Registration Form

Member Login

Agent Locator

Country:*

News & Events

दुखद खबर - कारको ठक्करबाट जापानमा एक नेपालीको मृत्यु

... Read More

जापानमा शरणार्थी आवेदकले सोमबारबाट काम गर्न नपाउने

सोमबार (भोलि)देखि लागू हुने गरी जापान... Read More

Feedback / Message

Contact Details

Customer Support (JAPAN)
Office: + 81-80-3410-4278
Post Code: 169-0073
Omori Building 4F(AB), Hyakunincho 1-10-7,
Shinjuku-ku, Tokyo, Japan
Tel: 03-5475-3913, Fax: 03-5475-3914
E-mail: info@japanremit.com
URL: www.japanremit.com

Customer Support (NEPAL)
JME Remit Company Pvt. Ltd.
Sherpa Mall, Durbar Marg,
Kathmandu, Nepal
Phone No.: 4226465, 4226541
Phone/Fax: 4221533
E-mail: support@jme.com.np
URL: www.japanremit.com

© 2015 Japan Money Express Co. Ltd ジャパンマネーエクスプレス株式会社 | All Rights Reserved
Website Design by & CMS Web Development by Axil Creations