Japanese Japanese Vietnam
Call Us
Customer Support

हाम्रो प्रिय भाई समिरले जापानमा औला गुमाए

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

उच्च शिक्षाको ठूलो सपना संगालेर जापान छिरेका एक नेपालीको मेशिनमा परेर देब्रे हातका औंला गुमेका छन् ।

 

२०१५ को अप्रिल महिनामा जापान आएका सिद्धवन, स्याङ्जाका समिर बोगटीको रामेनको मेशिन सफा गर्दै गर्दा देब्रे हात मेसिनमा परेपछि तीनवटा औंला काटिएका हुन् ।

घटना फेब्रुअरी ५ तारिखका दिन ४ः३० बजेतिर भएको अस्पतालको शैय्याबाटै बोगटीले सुनाए ।

 

फुकुओकाको हाकाताकु निशीहारु माची बस्दै आएका बोगटी एक महिनादेखि फुकुओका तोकुसुकाई अस्पतालमा उपचारत छन् । उनको हालसम्म तीन पटक अप्रेशन गरिसकिएको छ ।

बोगटी भाषा अध्ययन सकाएर तीन वर्षे कोर्षअन्तर्गत कम्प्यूटर सेन्मोन स्कुलमा अध्ययनरत थिए ।

 

परिवारको माया र आत्मियतालाई गाँठो पारेर तीन वर्षअघि सपना साकार पार्न जापान उडेका बोगटीले घटना भएको केही दिनसम्म घरपरिवारलाई सुनाउन नसकेको बताए । ‘पछि दाईलाई सुनाए । तर आमाबावुलाई भनेे भन्न सकिन ।’-२५ वर्षीय बोगटीले भने ।

 

१५/२० दिनपछि ठूलो अप्रेशन गर्नु पर्ने डाक्टरले सुनाएपछि उनले अप्रेशन गर्नुपूर्व आमालाई भाइवरमार्फत भिडियो कल गरेर घटना सुनाएका थिए ।’आमालाई प्रेसर छ’ उनले भावुक हुँदै भने- ‘आमाले सधैं भिडियो कल गर्न भन्नुहुन्थ्यो, तर मैले मोबाइल बिगि्रएको छ भन्दै आमालाई ढाँट्थें ।’

बोगटीको नेपालमा आमाबुवा, तीन दाजु, दुई भाउजु छन् । पोखरामा बस्दै आएको बोगटी परिवारको उनी कान्छो छोरा हुन् ।

 

समिर भाई जापान मनि एक्सप्रेस (JME) को एउटा निरन्तर ग्राहक पनि  हुनुहुन्छ I अत्यत्न मिजासिलो स्वभाव को भाई सबै संग सरल अनि आत्मीय व्यवहार को हुनुहुन्छ उहालाई शिघ्र स्वास्थ्य लाभको शुभकामना ब्यक्त गर्दछौ I

श्रोत : अनलाइनखबर डट कम

Agent Locator

Country:*

News & Events

फेसबुकमा BFF आतंक : के हो यो हल्लाको सत्य?

 

... Read More

हाम्रो प्रिय भाई समिरले जापानमा औला गुमाए

 

 

 

 

 

 

 <... Read More

Contact Details

© 2015 Japan Money Express Co. Ltd ジャパンマネーエクスプレス株式会社 | All Rights Reserved
Website Design by & CMS Web Development by ideasArchive