Japanese Japanese Vietnam
Call Us
Customer Support

जापानबाट नेपालमा परिवार अथवा आफन्तलाइ फोन पठाउदै हुनुहुन्छ ?

यसबारे धेरै जना साथिहरुलाई थाहा भएको कुरा हुनसक्छ र हामी मध्ये धेरैलाइ यस बारे थाहा नहुन पनि सक्छ , आशा छ थाहा नभएको साथिहरुलाई यो लेखले पक्कै पनि सहायोग पुग्छ होला भन्ने आशा गर्दछौ ....

नेपालमा जापानको Iphone अथवा Android फोन पठाउँदा सिम फ्री (Sim Free) गरेर पठाउनुहोला । जुन Factory Unlocked फोन जस्तै हुनेछ । 

पहिले त सिम लक् र सिम फ्री भन्ने के हो बुझम:
सिम लक् फोन भन्नाले तपाई अहिले आबद्ध रहनु भएको कम्पनी जस्तै : AU ,Softbank ,Docomo (Carrier ) अथवा अरु कुनै पनि हुनसक्छ ।
यहाँहरुले फोनलिनु हुदा यो कम्पनीहरुले आफ्नो कम्पनी को सिम कार्ड बाहेक अरुको कम्पनीको सिम कार्ड चलाउन नमिल्ने गरि तपाइको
फोन: iphone अथवा Android फोन ,लक् गरिएको हुन्छ । हो यसलाई नै सिम लक् (Carrier Lock )फोन भनिन्छ ।

हजुर सिम लक् (Carrier Locked ) भनिएजस्तै सिम फ्री (Sim Free /Carrier Unlocked )फोन ठ्याक्कै उल्टो कुरा हो ।
भन्नाले तपाइले सिम फ्री फोनमा जुनसुकै कम्पनीको सिम कार्ड वा जुनसुकै देशमा पनि सजिलै चलाउन सकिन्छ ।
हुनत नेपालमा विदेश बाट लागिएको फोनहरु   R -Sim (बिशेष खालको चिप ) राखेर चलाउने गरिन्छ ।
तर यी चिप हरु प्रयोग गरिएको फोनहरुमा विभिन्न प्रतिबन्ध तथा अप्ठ्यारोहरु हुने गर्दछ । 

 प्रतिबन्ध तथा अप्ठ्यारोहरु:
१. छुटै चिप किन्नु पर्ने हुन्छ ।
२ . सिमकार्ड फेर्नु परेमा निकै झन्झटिलो हुनेछ , यसकारण कि सिम राख्ने निकाल्ने गर्दा चिप च्यातिने वा भाचिने हुन्छ ।
     सबै भन्दा ठुलो समस्या त त्यति खेर पर्छ जुन बेला एकचोटी निकालेको चिपले काम नै नगर्ने हुन्छ  ।
३.  चिप खर्चालु हुन्छ । यसकारण कि यी चिपहरु हरेक फोनको Update संग काम नलाग्ने पनि हुनसक्छ ।
४. कहिले कहिँ फोनको सफ्टवेर अपडेट गर्दा फोन नै बिग्रिने समस्या आउनसक्छ ।
५. फोन कम्पनीहरुले आफ्नो फोनमा हरेक चोटी नया नया सफ्टवेर अपडेट र फिचरहरु थप्दै गएको हुन्छ । 
   जसमा कुनै अपडेटहरु निकै महत्वोपूर्ण पनि हुने गर्दछन । त्यस्तो अवस्थामा पुरानो चिप फेर्नु पर्ने अवस्था हुन्छ र अर्को कुरा हरेक ठुलो अपडेट संगै 
  यस्तो चिपहरु बजारमा आउन केहि समय पक्कै लाग्ने छ । त्यसैले चिप वाला फोनले समय समयमा निकै समस्या निम्ताउने गरेको पनि पाइन्छ । 

सिम फ्री का फाइदाहरु :
१. तपाइले संसारको जुनसुकै देशको सिम कार्ड सजिलै संग चलाउन सक्नु हुन्छ । जस्तै तपाई भ्रमणको क्रममा जापान बाहिर जानु परेमा अथवा बिदामा नेपाल पुग्नुभयो भने पनि सजिलै संग नेपालको सिम चलाउन सक्नु हुनेछ 
 नोट  : नेपालमा अथवा अन्य मुलुक जादा जापानको सिमकार्ड भुलेर पनि नचलाउनुहोला, नत्र जापान फर्केर आउनुहुदा Roaming Charge ले गर्दा तपाइको फोनको बिल,  तपाइको प्लेन टिकेट भन्दा महँगो पर्न जानेछ ।

२. तपाइले यस्तो फोन नेपाल पठाउदा, नेपालमा सिधै नेपालको सिम चलाउन सक्नुहुनेछ ।
३. येदि तपाइले जापानमा अथवा नेपालमै पनि सिम फ्री फोन बेच्न खोज्नु भएमा यसको रिसेल  मूल्य (Re-sale Value ) बढी हुन्छ ।
   जस्तै : सिम लक् IPHONE 6s को Resale मूल्य ¥30000 छ भने ,तेही  सिम फ्री IPHONE 6s को मूल्य ¥ 45,000 येन माथि पर्न जान्छ।
४. तपाइको फोन कम्पनी जस्तै Apple को Iphone र Android को विभिन्न फोन कम्पनीहरुले पठाएको अपडेटहरु सजिलै संग गर्न सकिनेछ ।येस्तै धेरै फाइदाहरु छन् ।
५. सिम फ्री (Sim Free)​ फोन भएको खण्डमा जापानमै पनि अन्य कम्पनिको सर्बिस सजिलै संग लिन सक्नु हुनेछ ।
यस्ता अन्य थुप्रै कम्पनिहरु छन् जापानमा जसले सिम फ्री (Sim Free)​ ​फोनको लागि सस्तो र सुलभ मुल्यमा डाटा प्याकेज र फोनकल को सुबिधाहरु दिन्छन् , ​जुन  AU ,Softbank ,Docomo​ भन्दा धेरै सस्तो पर्न जान्छ ​ ।​

सिम फ्री कसरि गर्ने सकिन्छ :
तपाइको सर्बिस दिने कम्पनी (Sim Carrier Company ) Au ,Softbank ,Docomo लगायतका पसलमा गएर सिम फ्री गर्न चाहन्छु (सिम रोकु खाइज्ज्योउ सिताइ देस ) भन्नु भयो भने तुरुन्तै सिम फ्री गरिदिन्छ ।
 त्यसको  लागि तपाइले ¥ ३,२४० तिर्नु पर्ने हुन्छ ,जुन धेरै नै सस्तो मूल्य हो ।यसकारण कि तपाइले नेपाल मा चिप किनेर चलाउनु हुन्छ भने रु. 1500 देखि रु. 2000 सम्म पर्न जान्छ, जुन चिप तपाईको iphone/ Android 
फोन कम्पनिले पठाउने हरेक सिस्टम अपडेट संगै काम नलाग्ने हुन सक्छ  र अन्य अप्ठ्यारो हरु माथि लै उल्लेख गरिसकेका छम। 
येदि तपाइले जापानको मोबाइल बनाउने पसलमा अथवा नेपालमै पनि सिम फ्री गर्न खोज्नु भयो भने ¥15,000 देखि ¥20,000 सम्म पर्न जान्छ। 

सिम फ्री बनाउनको लागि शर्तहरु लागु हुनसक्छ :
१. आजकाल iphone को हकमा iphone 6s र iphone 6s पछाडि आएका फोनहरु मात्र सिम फ्री (Sim Free) गर्न मिल्ने छ ।
२ . तपाई आफु आबद्ध रहनु भएको कम्पनीको मासिक शुल्क तिरिराख्नु भएको खण्डमा।
३ . तपाइले चलाईराख्नु भएको फोन ६ अथवा ६ महिना भन्दा बढी भएको खण्डमा ।
४ . तपाइले तपाइको फोन  कुनै पनि jailbreak वा Root नगर्नु भएको खण्डमा ।
५ . सम्बन्धित व्यक्तिको फोन सम्बन्धित व्यक्तिको उपस्थितिमा मात्र अनलक गर्न सकिने छ । 
    किनभने यसको लागि हरेक फोनमा हुने IMEI code सम्बन्धित व्यक्तिको नाममा रेजिस्टर भएको हुन्छ ।
६ . तपाईले बाहिर अथवा सेकेन्ड ह्याण्ड किन्नु भएको फोन यो प्रकृया बाट अनलक गर्न सक्नुहुने छैन ।    
सिम फ्री सजिलै संग गर्न सक्नु हुनेछ । यसको लागि तपाइले २ वर्षको करार (contract )अबधि कुर्नु पर्ने छैन।

आशा छ यो लेखले तपाईहरुलाई पक्कै पनि सहायोग पुग्योहोला भन्ने आशा गर्दछौं । धन्यवाद !!

 

                                                                                         

                                                                                 

साभार - http://npinjp.com

 


 

Member Registration
Registration Form

Member Login

Agent Locator

Country:*

News & Events

दुखद खबर - कारको ठक्करबाट जापानमा एक नेपालीको मृत्यु

... Read More

जापानमा शरणार्थी आवेदकले सोमबारबाट काम गर्न नपाउने

सोमबार (भोलि)देखि लागू हुने गरी जापान... Read More

Feedback / Message

Contact Details

Customer Support (JAPAN)
Office: + 81-80-3410-4278
Post Code: 169-0073
Omori Building 4F(AB), Hyakunincho 1-10-7,
Shinjuku-ku, Tokyo, Japan
Tel: 03-5475-3913, Fax: 03-5475-3914
E-mail: info@japanremit.com
URL: www.japanremit.com

Customer Support (NEPAL)
JME Remit Company Pvt. Ltd.
Sherpa Mall, Durbar Marg,
Kathmandu, Nepal
Phone No.: 4226465, 4226541
Phone/Fax: 4221533
E-mail: support@jme.com.np
URL: www.japanremit.com

© 2015 Japan Money Express Co. Ltd ジャパンマネーエクスプレス株式会社 | All Rights Reserved
Website Design by & CMS Web Development by Axil Creations